काठमाडौं । नेपाल विद्यार्थी संघको ५५ औ स्थापना दिवसको अवसरमा ७५३ वटै पालिकामा ज्ञापनपत्र बुझाउने कार्यक्रम अन्तर्गत शंकरापुर नगरपालिकामा ज्ञापनपत्र बुझाइएकाे छ।

शंकरापुर नगरपालिकाकाे उपमेयरलाई नेविसंघका केन्द्रीय सदसय सञ्जीब खड्का नेतृत्वमा गएकाे टाेलीले १७ बुँदे ज्ञापनपत्र बुझाएकाे हाे। संघले आज ७ सय ५३ वटै पालिकामा एकसाथ ज्ञापनपत्र बुझाएकाे हाे।

नेविसंघले माध्यमिक तहसम्मकाे शिक्षा निशुल्क गर्नुपर्ने, युनिफर्म र स्टेशनरीकाे सिन्डिकेट ताेडिनुपर्ने लगायतका १७ बुँदे माग राखेकाे छ।

कर्यक्रममा नेपाली काङ्ग्रेस शंखरापुर नगर सभापति दिलिपकुमार श्रेष्ठ, नेपाली काङ्ग्रेस क्षेत्रीय सचीव दिपक दुलाल,नेपाल विद्यार्थी संघ केन्द्रिय सदस्य अधिवत्ता सन्तोष चौलागाईं, ने.बि.संघ केन्द्रिय सदस्य बिक्रम ओली, तरुण दल केन्द्रिय सदस्य योगेश श्रेष्ठ ने.बि.संघ नेता निरज मगर, नेबिसंघ काठमाडौ जिल्ला सदस्य सुरज दंगाल, राम बहादुर लामा, करुणा खड्का, राजकुमार तामाङको उपस्थिती थियाे।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको