काठमाडौँ। साउदी अरबले एसीसी प्रिमियर कपअन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपाललाई ७४ रनको लक्ष्य दिएको छ।

अल अमेरत क्रिकेट ग्राउन्ड (मिनिस्ट्री टर्फ २) ओमानमा कप्तान रोहितकुमार पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय गरेका थिए।

ब्याटिङमा उत्रिएको साउदीले निर्धारित ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनायो।

साउदीका अब्दुल वाहिदले सर्वाधिक ३७ रन बनाए। १६ बल खेलेका उनले ३ चौका र ३ छक्का प्रहार गरे।

अन्यले भने दोहोरो अंकमा रन बटुल्न सकेनन्।

नेपालका करण केसी र अविनाश बोहराले २/२ विकेट लिए। ललितनारायण राजवंशी र प्रतिश जीसीको नाममा १/१ विकेट रह्यो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको