काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाममा बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट पटक पटक रकम आएको अभियोजनसहितको मुद्दा अदालत पुगेको छ।

ग्यालेक्सी टेलिभिजनको सञ्चालकको रुपमा रहेका लामिछानेको नाममा दुईपल्ट गरेर करिब चार करोड रुपैयाँ आएको खुलेकाे छ।

जिल्ला सरकारी वकिल कार्यालयलले जिल्ला अदालत रुपन्देहीमा दायर गरेको अभियोजनमा उल्लेख भएअनुसार ग्यालेक्सी टेलिभिजनको एक लाख ८० हजार कित्ता सेयर बराबर एक करोड ८० लाख र थप ऋण वापत दुई करोड रुपैयाँ लामिछानेको नाममा गएको देखिएको छ।

लामिछानेले यसअघि आफूले सहकारीकाे पैसा नलिएकाे दाबी गर्दै आएका थिए भने प्रधानमन्त्री प्रचण्ड र आइजीवी वसन्त कुँवरले क्लिन चिट दिएका थिए। तर, एकपछि अर्काे रवि मुछिएकाे सहकारीकाे विषय सार्वजनिक भइरहेकाे छ।

गोर्खा मिडिया नेटवर्कको ग्लोबल आइएमई बैंकको खाता नम्बर ००१–००१–०१५–००००२२४ मार्फत् रवि लामिछानेको नाममा जम्मा हुँदा सेवा शुल्क कट्टी गरेर एक करोड ९६ लाख रकम जम्मा भएको देखिएको हो। उक्त रकम २०७७ साल चैत १८ गते जम्मा भएको अभिलेख सरकारी वकिल कार्यालयले अदालत पेश गरेको अभियोजनमा उल्लेख छ।

उक्त सहकारीबाट पटक पटक गरेर गोर्खा मिडिया प्रालिमा रकम आएको देखिएको छ । तर लामिछानेलाई भने प्रतिवादी बनाइएको छैन। लामिछाने निकट स्रोतले दिएको जानकारीअनुसार ऋण लिँदैमा प्रतिवादी बनाइहाल्नुपर्छ भन्ने लाग्दैन। ओखलढुंगाका गितेन्द्रबाबु राई (जीबी), स्याङ्जाका ओमप्रकाश गुरुङ, रोल्पाका दिपेशकुमार पुनलगायतका २८ जनालाई प्रतिवादी बनाइएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको