लामोसाँघु । सिन्धुपाल्चोक फुटबल क्लबलाई पराजित गर्दै खुर्सानीबारी युवा क्लबले सिन्धुपाल्चोक जिल्ला लिग छनोटको उपाधि जितेको छ।

शनिबार लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा सम्पन्न फाइनल खेलमा सिन्धुपाल्चोक एफसीलाई पेनाल्टीमा ४-२ गोलले पराजित गर्दै खुर्सानीबारीले उपाधि जितेको हो।

निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टीबाट लिएको थियो।

योसँगै फाइल खेलेका दुवै टिमले आगामी वर्ष २०८२ मा आयोजना हुने जिल्ला लिगमा आफ्नो स्थान पक्का गरेका छन्।

यस्तै, फाइनल खेलमा खुर्सानीबारीको गोलकिपर रोहन श्रेष्ठ ‘म्यान अफ दि म्याच’ घोषित भए। उनी नै प्रतियोगिताकै बेस्ट गोल किपर पनि घोषित भए। खुर्सानीबारीकै शेन्को घले प्रतियोगिताकै ‘बेस्ट डिफेन्स’ घोषित भए।

सिन्धुपाल्चोक एफसीका विशाल भुजेल ‘इमर्जिङ प्लेयर’ घोषित हुँदा सिन्धुपाल्चोक एफसीकै एलिक श्रेष्ठ ‘बेस्ट प्लेयर’ घोषित भए।

गत चैत २६ बाट सुरु भएको छनोट प्रतियोगितामा जिल्ला ११ वटा क्लबहरूको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको