काठमाडाैं । गृहमन्त्री रवि लामिछानेकाे सहकारी ठगीमा संलग्नता रहेेकाे बारे सत्तारूढ दलकै सांसदले आशंका व्यक्त गर्न थालेका छन् । मंगलबार सत्तारूढ दल नेकपा एकीकृत समाजवादीका सांसद राजेन्द्रप्रसाद पाण्डेले कुनैपनि प्रकरणमा प्रतिपक्षले छानबिन समिति गठनको माग गरेपछि समिति बनाउने यसअघिको नजिर भएको बताए ।
उनले सहकारी प्रकरणमा पनि छानबिन समिति बन्नुपर्ने सङ्केत गरे । उनले गृहमन्त्री लामिछानेले जबरजस्ती पदमा बस्न खोज्नुले बदमासी छ भनेर शङ्का गर्ने ठाउँ रहेको पनि जिकिर गरे ।
,‘प्रमुख प्रतिपक्षले हाम्रो कुरा सुनियोस् । यो कुरा निर्णय गरियोस् भनेर आवाज उठाइसकेपछि सत्ता पक्षले सुन्नैपर्छ । सत्ता पक्षले जबरजस्ती गरेर हाउस चलाउँछु भनेर त्यो काम लाग्दैन ,´ पाण्डेले भने ।
उनले सभामुख देवराज घिमिरेले संसदमा दुई पक्षलाई लडाउने उपाय गरेको भन्दै सभामुखकाे आलाेचना पनि गरे ।



