काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले गृहमन्त्री रवि लामिछानेलाई राजनीतिक यात्रामा एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन भनेर भन्ने तागत छ भनेर प्रश्न गरेका छन् । भद्रकालीमा आयाेजित सभालाई सम्बाेधन गर्दै लिङ्देनले आफू मात्र जान्ने, आफू मात्र लोकप्रिय र आफू मात्र इमान्दार भन्ने भ्रम नपाल्न पनि गृहमन्त्रीलाई आग्रह गरे ।
गृहमन्त्रीलाई चुनौती दिँदै उनले भने,`मैले भद्रकाली अगाडि उभिएर भनेको छु, यति लामो राजनीतिक यात्रामा एक रुपैयाँ पनि भ्रष्टाचार गरेको छैन भनेर जुनसुकै मन्दिरमा छिर्न सक्छु । तपाईंले त्यो तागत राख्नुहुन्छ ?´
लामिछानेमाथि अहिले सहकारी ठगीकाे विषय उठिरहँदा कांग्रेसले संसदीय समितिकाे माग गरिरहेकाे छ भने रास्वपा समिति गठनकाे मागबाट भागिरहेकाे छ । यहि बेला लिङ्देनले सडकबाट प्रशन उठाएका हुन् ।



