काठमाडौँ। भारत भ्रमणमा रहेको नेपालले एसएमएस फ्रेन्डसिप कपको अन्तिम खेलमा बरोडा क्रिकेट एसोसिएसनविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ।
गुजरातको वापीमामा बरोडाले टस जितेर पहिला ब्याटिङ गर्ने भएको हो। मुख्य प्रशिक्षक मोन्टी देसाईंले बरोडाविरुद्धको खेलमा नियमित कप्तान रोहितकुमार पौडेललाई आराम दिएका छन्।
उनको स्थानमा दीपेन्द्रसिंह ऐरीले टोलीको कप्तानी गर्ने भएका छन्।
यस्तै, सोमपाल कामी, अभिनास बोहरा र आशिफ शेखलाई पनि आराम दिइएको छ।



