काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) मा गुजरात टाईटन्समाथि पन्जाब किंग्सले रोमान्चक जित हासिल गरेको छ।

गएराति गुजरातको घरेलु मैदान नरेन्द्र मोदी क्रिकेट स्टेडियममा पन्जाब ३ विकेटले विजयी भयो।

गुजरातले दिएको २०० रनको लक्ष्य पन्जाबले १९ दशमलब ५ ओभरमा ७ विकेट गुमाएर पुरा गर्यो।

पन्जाबका लागि शशांक सिंहले २९ बलमा ६ चौका र ४ छक्काको सहयोगमा अविजित ६१ रनको अर्धशतकीय ईनिङ खेले।

प्रसिमरन सिंहले २४ बलमा ५ चौका र १ छक्काको सहयोगमा ३५ रन बनाए। आशुतोष शर्माले १७ बलमा ३ चौका र १ छक्काको सहयोगमा ३१ रन बनाए। ओपनर जोनी बेयस्ट्रोले १३ बलमा ४ चौकाको सहयोगमा २२ रन बनाए। जितेश शर्माले ८ बलमा २ छक्काको सहयोगमा १६ रन बनाए।

अन्तिम ओभरमा ७ रन चाहिएकोमा पन्जाबका आशुुतोष शर्मा र शशांक सिंह क्रिजमा रहेकामा गुजरातका लागि दर्शन नालकन्डे बलिङमा आएका थिए। ओभरको पहिलो बलमा नै उनले शर्मालाई आउट गराए। शर्माको आउटसँगै क्रिजमा आएका हरप्रित ब्रारका लागि नालकन्डेको बल वाइड भएको थियो। ओभरको तेस्रो बलमा १ रन लिदै ब्रारले सिंहलाई स्ट्राईक दिए।

अर्को बलमा सिंहले चौका प्रहार गर्दै खेललाई जित नजिक पुर्याए। ओभरको पाँचौ बलमा एक रन लिदै सिंहले पन्जाबलाई जित दिलाए।

गुजरातका लागि नुर अहमदले २ तथा दर्शन नालकन्डे, मोहित शर्मा, अजमतुल्लाह उमरजाइ, राशिद खान र उमेश यादवले समान १र१ विकेट लिए।

त्यअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले कप्तान शुभमन गिलको अर्धशतकको सहयोगमा निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो।

गुजरातका लागि कप्तान शुभमन गिलले ४८ बलमा ६ चौका र ४ छक्काको सहयोगमा अविजित ८९ रनको अर्धशतकीय ईनिङ खेले। साई सुदर्शनले १९ बलमा ६ चौकाको सहयोगमा ३३ रन बनाए। गिल र सुदर्शनले तेस्रो विकेटका लागि ५३ रनको साझेदारी गरे। राहुल तिवातियाले ८ बलमा ३ चौका र १ छक्काको सहयोगमा अविजित २३ रन बनाए।

केन विलियम्सले २२ बलमा ४ चौकाको सहयोगमा २६ रन बनाए। ओपनर रिद्धिमान शाहले १३ बलमा ११ तथा विजय शंकरले १० बलमा ८ रन बनाए।

पन्जाबका लागि कागिसो रबाडाले २ तथा हरप्रित ब्रार र हर्षल पटेले समान १र१ विकेट लिए।

दोस्रो जित हात हासिल गरेको को पन्जाब ४ अंकका साथ अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ। पराजित गुजरात ४ अंकका साथ छैटौ स्थानमा छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको