लामोसाँघु । सिन्धुपाल्चोक जिल्ला छनोट प्रतियोगितामा ११ वटा क्लबले सहभागिता जनाउने भएका छन्। आयोजक सिन्धुपाल्चोक फुटबल संघले मंगलबार छनोट प्रतियोगितामा सहभागी हुने क्लबहरूको नाम सार्वजनिक गरेको हो। 

जिल्ला फुटबल संघका अध्यक्ष अमृतमान श्रेष्ठका अनुसार छनोट प्रतियोगिता चैत्र २६ गतेदेखि शुरू हुने छ। नकआउटका आधारमा हुने प्रतियोगितामा मितेरी युवा क्लब (तातोपानी), सुनखानी युवा क्लब (भोटेकोशी), गाती युवा क्लब (गाती–६ बाह्रबिसे, शिखर युवा क्लब (लिसंखुपाखर), यूथ स्पोर्ट्स क्लब (लामोसाँघु) र सुनकोशी स्पोर्ट्स क्लब (सुनकोशी–७) सहभागी हुने छन्।

यस्तै, सिन्धुपाल्चोक फुटबल क्लब, अँधेरी युवा क्लब, श्री नवप्रतिभा युवा क्लब (बलेफी–५), खुर्सानीबारी युवा क्लब (बाह्रबिसे–३) र लिसंखुपाखर यूथ क्लब (ठूलो पाखर)पनि छनोट प्रतियोगितामा सहभागी हुने अध्यक्ष श्रेष्ठले बताए।

छनोट प्रतियोगिताको फाइनलमा पुग्ने २ टोलीले अर्को वर्ष आयोजना हुने जिल्ला लिगमा सहभागिता जनाउन पाउने छन्।  प्रतियोगिताका सबै खेलहरू लामोसाँघुस्थित वसन्तपुर खेल मैदानमा हुने श्रेष्ठले बताए।

यस्तै, जिल्ला लिग आगामी बैशाख १२ देखि २२ गतेसम्म सञ्चालन हुने श्रेष्ठले जानकारी गराए। जिल्ला लिगमा श्री कालिका, त्रिशक्ति, श्री राइजिङ, बाह्रदेवी, धार्पा, साँगाचोक, न्यू सदाबहार, प्याराडाइज, न्यू जेनेरेसन र लामोसाँघु युवा क्लबले सहभागिता जनाउने छन्।

यस्तै,चौतारा रिपोर्टिङ क्लब, सुनौलो बिहानी, योङ जेनेरेसन युवा क्लबले पनि सहभागिता जनाउने छन्। यस प्रतियोगिताको पुछारमा रहने टोलीले अर्को वर्ष छनोट खेल्नुपर्ने श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको