काठमाडौँ । फिफा विश्वकप छनोट अन्तर्गत बहराइनविरुद्धको दोस्रो खेलमा नेपालले ३-० ले पराजित भएको छ।

मंगलबार राति सम्पन्न खेलमा घरेलु टोली बहराइनसँग नेपाल पराजित भएको हो।

घरेलु टाेली बहराइनको जितमा सैयद बाकर, अब्दुल्ला युसुफ र कामिल अलले समान १/१ गोल गरे। यी तीनै गाेल पहिलाे हाफमा सम्भव भएकाे हाे।

यो पराजयसँगै नेपालको अघिल्लो चरण प्रवेशको सम्भावना समाप्त भएको छ। यसअघि गत बिहिवार सम्पन्न खेलमा नेपाल बहराइनसँगै ५-० ले पराजित भएको थियो।

खेलको सातौँ मिनेटमा सैयद बाकरले गोल गरेपछि बहराइनले खेलमा १-० को अग्रता बनायो।

१८औँ मिनेटमा बहराइनका लागि अब्दुल्ला युसुफले पेनाल्टीमार्फत गोल गर्दै खेलमा २-० को अग्रता दिलाए।

त्यसपछि ३६औँ मिनेटमा कामिल अलले गोल गर्दै बहराइनलाई पहिलो हाफमै ३-० को आरामदायी अग्रता दिलाएका थिए।

७३औँ मिनेटमा नेपालले गोल गरेपनि उक्त गोलले मान्यता पाएन। सनिश श्रेष्ठको क्रसमा सन्जिव विष्टले बक्बाट वान टच गोल गरेका थिए। तर सहयाक रेफ्रीले अफसाइडको झण्डा उठाए।

समूह ‘एच’ मा रहेको नेपाल ४ खेलमा अंकविहिन रहँदै पुछारमा छ। नेपालले आफ्नो पहिलो खेलमा युएईविरुद्ध ४-०, यमनविरुद्ध २-० ले हार बेहोरेको थियो। यसै समूहमा युएई १२ अंक सहित शीर्ष स्थानमा छ। यस्तै, ९ अंक सहित बहराइन दोस्रो र यमन ३ अंक सहित तेस्रो छन्।

यसै समूहको अर्को खेलमा यूएईले यमनलाई ३-० ले पराजित गरेको छ। यो सँगै यूएईले शतप्रतिशत जित हासिल गरेको छ।

नेपाली टिमबाट विशाल बस्नेतले डेब्यु गरेका छन्

६ नयाँ खेलाडीसहित बहराइन आएको नेपाली टोलीमा डेब्यु गर्न बाँकी ९ खेलाडी थिए। जसमा ४ खेलाडीले अघिल्लो खेलमा बहराइन विरुद्ध डेब्यु गरेका थिए।

डिफेण्डर विशाल बस्नेतको डेब्यु
बहराइन भ्रमणमा नेपालबाट कूल ५ खेलाडीले डेब्यु गरे।

८४औं मिनेटमा छिरिङ लामाको स्थानमा मैदान प्रवेश गर्दै विशाल बस्नेतले डेब्यु गरेका हुन्। यसअघिको खेलमा अभिषेक लिम्बुले पहिलो रोजाईँमै डेब्यु गर्दा सौभाग्य राई, समिर तामाङ र सन्जिव विष्टले वैकल्पिक खेलाडीको रुपमा डेब्यु गरेका थिए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको