काठमाडौँ। युवा तथा खेलकुद मन्त्रालयले अखिल नेपाल फुटबल संघ (एन्फा)माथि भएको कारबाहीको विषयमा राष्ट्रिय खेलकुद परिषद् (राखेप)सँग जानकारी माग गरेको छ।

मन्त्रालयले मंगलबार पत्र लेख्दै स्वीकृति नलिई विश्वकप छनोटमा पदाधिकारी पठाएको एन्फालाई कानुनअनुसार कारबाही गरेर जानकारी गराउन निर्देशन दिएको थियो। तर, अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको भन्दै राखेपसँग जवाफ मागेको हो।

फिफा विश्वकप छनोटमा खेलाडीबाहेक अनावश्यक व्यक्ति बहराइन जाने भएपछि मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको थियो।

मन्त्रालयले खेलकुद ऐन अनुसार राखेपसँग स्वीकृति नलिएर विदेश पठाउने एन्फाको कदममाथि कारबाहीका लागि निर्देशन दिएको थियो। तर, मन्त्रालय र राखेपको आदेशलाई अवज्ञा गर्दै एन्फाका १० अधिकारी बहराइन गएका थिए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको