काठमाडौँ। कुशल मल्लको आक्रमक ब्याटिङसँगै नेपालले आयरल्यान्ड वुल्भ्सलाई १९९ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १९८ रन बनाएको हो।

नेपालका कुशलले १३ बलमा १ चौका र ४ छक्कासहित ३४ रन प्रहार गरे।

यता, गुल्शनकुमार झाले सर्वाधिक ४६ रनको योगदान दिए। ३२ बल खेलेका उनले १ चौका र ४ छक्का प्रहार गरे।

कप्तान रोहितकुमार पौडेल ३३, कुशल भुर्तेल २५, सन्दीप जोरा २१, अनिल साह १२ र आसिफ शेख ११ रनमा आउट हुँदा विवेककुमार यादव ७ रनमा अविजित रहे।

आयरल्यान्डका म्याथ्यु फोस्टरले सर्वाधिक ३ विकेट लिए। बेन ह्वाइटको नाममा २ विकेट रहँदा फिओन ह्यान्ड र गेभिन होईको नाममा १/१ विकेट रह्यो।

यसअघि साेमबार सम्पन्न पहिलाे खेलमा नेपाल ६ विकेटले विजयी भएकाे थियाे।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको