काठमाडौँ। नेपालले दुई खेलको टी–२० शृंखलाअन्तर्गत मंगलबार आयरल्यान्ड वल्भविरुद्ध दोस्रो तथा अन्तिम खेल खेल्दै छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल दिउँसो १ बजेबाट शुरू हुँदै छ।

पहिलो खेलमा नेपालले आयरल्यान्डलाई ६ विकेटले पराजित गरेको थियो। आयरल्यान्डले दिएको १२२ रनको लक्ष्य पछ्याएको नेपालले १६.१ ओभरमा ४ विकेट गुमाउँदै पूरा गर्‍यो।

नेपालका कुशल भुर्तेलले ३७, सन्दीप जोराले ३६, आरिफ शेखले १६ र गुल्शनकुमार झाले ४ रन बनाउँदा दीपेन्द्रसिंह ऐरीले अविजित २० रन बनाएका थिए।

कप्तान रोहितकुमार पौडेल भने डकआउट भएका थिए। नेपालले आईसीसी टी–२० विश्वकपको तयारीस्वरुप आयरल्यान्डसँग दुई खेलको टी–२० शृंखला खेलेको हो।

मंगलबार आयरल्यान्डसँग खेलेपछि नेपाली टोली साँझ भारतको गुजरातस्थित वापी प्रस्थान गर्ने छ।

गुजरातमा रहँदा नेपालले बरोडा र गुजरातसँग फ्रेन्डसिप कप खेल्ने छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको