काठमाडौं : हाम्रो नेविसंघ संगठित र प्रशिक्षित नेविसंघले शान्ति नायक, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १४ औ स्मृति दिवसको अवसरमा दीप प्रज्ज्वलन कार्यक्रम सम्पन्न गरेकाे छ । आज काठमाडौंकाे शान्तिवाटीकामा दीप प्रज्ज्वलन गर्दै काेइरालाकाे स्मरण गरिएकाे हाे ।
नेपाली कांग्रेस पार्टीका प्रवक्ता डा.प्रकाशशरण महतकाे प्रमुख आतिथ्यमा आयोजित दिपप्रज्वलन कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य उर्मिला थपलिया पनि सहभागी थिइन् । कार्यक्रममा हाम्रो नेविसंघ संगठित र प्रशिक्षित नेविसंघ अभियानका सदस्यहरू, नेविसंघ र तरूण दल निकटहरू सहभागि थिए ।
कार्यक्रमममा प्रवक्ता महतले नेपालकाे राजनीतिमा गिरिजाप्रसाद काेइरालाले पुर्याएकाे याेगदानकाे चर्चा गरेका थिए । केन्द्रीय सदस्य उर्मिला थपलियाले अहिलेकाे समकालीन राजनीतिमा गिरिजाप्रसाद काेइरालाजस्ताे टावर पर्सनालिटीकाे नेताकाे अभाव खड्किरहेकाे बताइन् ।
फाेटाेफिचर




