काठमाडौँ । हङकङमा जारी त्रिकोणात्मक टी-२० सिरिजको फाइनलमा आज नेपाल र पिएनजी खेल्दै छन्।
नेपाली समय अनुसार यो खेल बिहान ११:४५ बजेदेखि शुरु हुने छ।
यस अघि मंगलबार नेपालले पिएनजीलाई ८५ रनले पराजित गरेको थियो। त्यस्तै मंगलबार नै सम्पन्न खेलमा lपएनजीले हङकङलाई १० विकेटले पराजित गर्दै फाइनलआमा पुगेको थियो।
सिरिजको पहिलो खेल भने बर्षाले सम्पन्न हुन नसकेपछि नेपाल र हङकङले अंक बाँडेका थिए।



