काठमाडौं । पपुवा न्युगिनी (पिएनजी) ले हङकङ चाइनालाई १० विकेटले पराजित गर्दै नेपालसँगको भेट पक्का गरेको छ।

मंगलबार मोगं कोगंमा भएको दोस्रो खेलमा पिएनजीले विना विकेटको क्षतिमा सहजै लक्ष्य भट्टायो। हङकङ –चाइनाविरुद्ध १२२ रनको लक्ष्य पछ्याएको पिएनजीले १२ ओभर ४ बलमै लक्ष्य पूरा गर्यो।

पिएनजीका लागि ओपनर द्वव टोनी उरा र सोसे बाउले आकर्षक इनिङ खेले। ४३ बलको सामना गरेका बाउले १ छक्का र ६ चौका प्रहार गरी ६१ रनको पारी खेले। यस्तै, ३३ बलको समना गरेका उराले पनि २ छक्का र ५ चौकाको मद्दतमा अविजित ५१ रन बनाए।

यसअघि मंगलबार बिहान सम्पन्न पहिलो खेलमा नेपालसँग पिएनजी ८५ रनले पराजित भएको थियो। तर, दोस्रो खेलमा हङकङ चाइनालाई पराजित गर्दै भोली हुने त्रिकोणात्मक टी–२० आई सिरिजको फाइनलमा नेपालसँग भेट पिएनजीले पक्का गरेको छ।

बुधबार सिरिजको फाइनलमा नेपालसँग पिएनजी प्रतिस्पर्धा गर्ने छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको