काठमाडौं । नेपाल चेम्बर अफ कमर्सको आयोजनामा सातौँ चरणको ‘चेम्बर एक्स्पो २०२४’काठमाडौंको भृकुटीमण्डपमा सम्पन्न भएको छ।

फागुन २४ गते देखि २८ गते सम्म भएको एक्स्पोमा स्थानीय उत्पादनदेखि अन्तराष्ट्रिय बस्तुहरु प्रर्दशनीमा राखिएका थिए । एक्स्पोको ४० हजार भन्दा बढी दर्शकले अवलोकन गरेको आयोजक नेपाल चेम्बर अफ कमर्सले जनाएको छ।

आर्थिक सुस्तताकाबिच चेम्बर एक्स्पो भव्यताका साथ सम्पन्न भएको अध्यक्ष राजेन्द्र मल्लले बताए। एक्स्पोमा स्वदेशमै उत्पादित कृषि जन्य बस्तुहरु, हस्तकलाका सामाग्री प्रर्दशनीमा राखिएको थियो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तरगतको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रसँगको सहकार्यमा चेम्बरले सातौं चरणको एक्स्पो सम्पन्न गरेको हो।

एक्स्पोमा राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका १ सय ६० भन्दा बढी स्टल रहेका थिए। एक्स्पोमा नेपाल, भारत, दक्षिणकोरिया, बंगलादेश पाकिस्तानलगायतका व्यापारीले समेत सहभागिता जनाएका छन्।

एक्स्पो मार्फत स्थानीय उत्पादन प्रर्वद्धन एवं बजारीकरण तथा व्यापार अभिवृद्धि गर्न महत्वपुर्ण सहयोग भएको अध्यक्ष मल्लको भनाई छ। कठिन आर्थिक परिस्थितीकाबीच अर्थतन्त्र चलायमान एवं व्यवसायिक गतिविधी विस्तार गर्न एक्स्पो सफल भएको अध्यक्ष मल्लको भनाई छ। चेम्बरले प्रत्येक बर्ष चेम्बर एक्स्पो आयोजना गर्दै आएको छ। अध्यक्ष मल्लले एक्स्पोमा राखिएका अन्तर्राष्ट्रिय बस्तुको फिर्ती प्रक्रियालाई सहज बनाउनुपर्नेमा समेत जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको