काठमाडौं । नेपाल र हङकङबीचको खेल वर्षाका कारण रोकिएको छ ।

हङकङमा आजबाट सुरु त्रिकोणात्मक श्रृङ्खला टी२० आईको पहिलो खेल वर्षाका कारण रोकिएको हो।

हङकङको मिसन रोड ग्राउन्डमा नेपालका कप्तान रोहितकुमार पौडेलले टस जितेर बलिङ रोजेको थिए। पहिले ब्याटिङ गरिरहेको घरेलु टोलीले ५ ओभरको समाप्तीमा १ विकेट गुमाएर ४३ रन बनाएको अवस्थामा खेल रोकिएको हो।

क्रिजमा अशुंमन रथ ३३ तथा कप्तान निजाकत खान ९ रन बनाएर रहेका छन्। ओपनर मार्टिन कोट्जे ईनिङको पहिलो बलमा करण केसीद्वारा आउट भएका थिए।

त्रिकोणात्मक टी२० श्रृङ्खलामा पपवा न्युगिनी, हङकङ र नेपाल रहेका छन्।

आईतबार हङकङविरुद्ध खेलेको टिममा नेपालले तीन परिवर्तन गरेको छ।

नेपालले एसीसी प्रिमियर कप तथा विश्वकप तयारीका लागि सिरिजमा सहभागीता जनाउदै छ।

नेपाल र पीएनजीले यस वर्ष अमेरिका र वेस्ट इण्डिजमा हुने विश्वकपमा सहभागीता जनाउदै छन्। हङकङले भने नेपालसँगै एसीसी प्रिमियर कप खेल्दैछ।

नेपालको प्लेईङ-११
कुशल भुर्तेल, विनोद भन्डारी (विकेटकिपर), रोहितकुमार पौडेल (कप्तान), गुलसन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, लोकेश बम, प्रतिश जिसी, करण केसी, अभिनास बोहोरा ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको