काठमाडौं । मैत्रीपूर्ण टी-२० आई को पहिलो खेलमा नेपाल हङकङसँग ७३ रनले पराजित भएको छ।

हङकङले दिएको दुई सय २१३ रनको लक्ष्य पछ्याएको नेपाल १६ दशमलव ४ ओभरमा सबै विकेट गुमाएर एक सय ३९ रन मात्र बनाउन सक्यो।
नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ४२ रन बनाए।

त्यस्तै, आरिफ सेखले ३८ र कप्तान रोहित पौडेलले ३० रनको योगदान दिए। घरेलु मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हङकङले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २१२ रन बनाएको थियो।

नेपालका लागि डेब्यु गरेका तीव्र गतिका बलर आकाश चन्द्रले सर्वाधिक ३ विकेट लिए। त्यस्तै, रसिद खान, प्रतिश जिसी र आरिफ शेखले एक–एक विकेट लिए।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको