विराटनगर । इलाम क्षेत्र २ मा वैशाख १५ गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार सिफारिसको तयारी गरेको छ।

आज बसेको जिल्ला सचिवालय बैठकले यसका लागि एउटा कार्यदल बनाएको छ। उक्त कार्यदलले चैत ५ सम्ममा उम्मेदवार सिफारिस गर्ने पार्टीले जनाएको छ।

बैठकले उम्मेदवारको नाम जिल्ला कमिटीमा पठाउन उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा कार्यदल गठन गरेको हो। कार्यदलमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य र सदस्यद्वय मुखराज आङ्देम्बे तथा दीपकिशोर लिङ्दम छन्।

कार्यदलले चैत ३ गतेसम्मउम्मेदवारको सूची जिल्ला कमिटीमा पेस गर्नेछ। उपनिर्वाचनमा उम्मेदवार हुन इच्छुकले फागुन २७ सम्म आफ्नो व्यक्तिगत विवरणसहित कार्यदयमा इच्छा जाहेर गर्ने पार्टीले जनाएको छ।

त्यसपछि चैत ३ सम्म कार्यदलले जिल्ला कमिटीमा उम्मेदवारको सूची पेस गर्नेछ भने जिल्ला कमिटीले चैत ५ गते केन्द्रमा उम्मेदवार सिफारिस गर्ने जनाइएको छ।

उम्मेदवारका लागि एक महिलासहित तीन जनाको नाम जिल्ला कमिटीले केन्द्रमा सिफारिस गर्नुपर्ने भनिएको छ।

पार्टीले उपनिर्वाचनमा उम्मेदवार बन्ने व्यक्तिको मापदण्ड निर्धारण गरेको छ। यसअघि संसदीय निर्वाचनमा पराजित हुने व्यक्ति उपनिर्वाचनमा उम्मेदवार बन्न नपाउने, लोकप्रियता र पार्टीमा योगदानलगायत मापदण्ड लागि तय गरिएको छ।

उपनिर्वाचनमा उम्मेदवार बन्न दिवंगत नेता सुवास नेम्वाङका छोरा सुहाङ नेम्वाङसहित बुद्धिप्रसाद खनाल, रवीन्द्र सुवेदी, नरेन्द्रनाथ भट्टराई नाम चर्चामा छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको