काठमाडौं । सेयर बजारका लगानीकर्ता राजनीतिक घटनाक्रमले प्रभावति भएको झल्को कारोबारमा देखिएको छ। बुधबार सेयर बजार परिसूचक नेप्से बढे पनि कारोबार भने अघिल्लो दिनका तुलनामा घट्नुले यस्तो देखाएको हो।

आज नेप्से ९.३३ अंकले बढेर २०१७.०३ विन्दुमा छ। कारोबार रकम भने ३ अर्ब ४५ करोड रुपैयाँ छ। जबकी मंगलबार ७०.३१ अंकले बजार घट्दा पनि कारोबार ४ अर्ब ४ करोडको भएको थियो।

बुधबार १३ उपसमूहमध्ये बैंकिङ, जीवन बिमा र म्युचुअल फण्डबाहेका सबै उपसमूहको सेयर मूल्य वृद्धि भएको छ। सर्वाधिक बढ्नेमा फाइनान्स उपसमूह छ। कारोबार भएकामध्ये १ सय ७५ कम्पनीको सेयरमूल्य बढ्दा लगानीकर्ताले कमाएका छन्। ६२ कम्पनीको घटेको छ भने ११ कम्पनीको सेयरमूल्य स्थिर रह्यो।

सर्वाधिक बढ्नेमा दोल्ती पावर कम्पनी छ। स्वरोजगार लघुवित्त, जोशी हाइड्रोपावर र गुर्खाज फाइनान्स पनि बढेका छन्। सर्वाधिक कारोबार हुनेमा सोनापुर मिनरल्स, शिवम् सिमेन्ट, हिमालयन रिइन्स्योरेन्स, घोराही सिमेन्ट, एनआरएन इन्फ्रस्ट्रक्चरलगायत छन्। सोनापुरको करिब ६ लाख ५८ हजार कित्ता सेयर ३३ करोड ३७ लाख रुपैयाँमा किनबेच भएको छ। शिवम्को २७ करोड ८४ लाखको सेयर कारोबार भएको छ। यस्तै हिमालयन रिको १३ करोड र घोराही सिमेन्टको १२ करोड ९४ लाखको सेयर किनबेच भएको छ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको