काठमाडौं । नेकपा (एकीकृत समाजवादी) निकट युवा संघ नेपालका कार्यबाहक अध्यक्ष सजिप राईले प्रचण्ड नेतृत्वको नयाँ सरकारलाई शुभकामना दिँदै थप टिप्पणी गरेका छन्।
अध्यक्ष राईले सामाजिक सन्जाल फेस्बुकामा “लालसलाम र जय नेपाल” एक भयो भने समाज र राष्ट्रले अवस्य खती बेहोर्नु पर्दछ भनेका छन्। ०७५ सालमा भएको नेकपाको सरकारलाई सम्झन्दै कम्युनिस्टहरु बढ्ता भएका कारण विखण्डन भएको भनी ७५-७७ भोगिएको स्मरण गरेका छन्।
नेता राईले एउटै नीति सिद्धान्त र लक्ष्य भएकाहरूको ध्रुवीकरणले स्थायित्वको संभावना बढ्ने जिकिर गरेका छन्। त्यसका लागि तन मन र व्यवहारबाट “लालसलाम-नमस्कार” को संसकारले परिणाम निस्कने बताउदै देश र जनताले दुख पाउने भनेका छन्।



