काठमाडौं । सोमबार सर्किट ब्रेक सेयर बजार परिसूचक नेप्सेमा आज ७० अंकको गिरावट आएको छ।

सोमबार एक सय १७ अंकले बढेर सर्किट ब्रेक लागेको नेप्से एकदिन पनि नटिकि मंगलबार ७०.३१ अंकले घटेर २००७.६९ बिन्दुमा कायम भएको हो।

यसदिन बजारमा १ करोड १४ लाख ६७ हजार ५९९ कित्ता सेयर ४ अर्ब ११ करोड ३६ लाख ७६ हजार रूपैयाँमा खरिद बिक्री भए।

आज बोटलर्स नेपाल बालाजु लिमिटेड नेगेटिभ सर्किटसँगै सर्वाधिक घाटामा रहेको छ।

कारोबारका आधारमा सोनपुर मिनरल्स एण्ड आयल लिमिटेड ४१ करोड ९१ लाख रूपैयाँको कारोबारका साथ शीर्ष स्थानको सूचीमा देखियो।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको