काठमाडौं । ररसियन सरकारको आयोजनामा हुन गइरहेको विश्व युवा महोत्सवको नेतृत्व नेपालको तर्फबाट नेकपा (एस) निकट युवा संघ नेपालका अध्यक्ष कृष्ण बिकले राजनितिक भेटवार्ता गरेका छन्।

युवा संघका अध्यक्ष कृष्ण विक र रसियन कम्युनिस्ट पार्टीका सोची सहरका प्रमुख Zhironkin Vladislav Alexandrovich बीच राजनीतिक भेटघाट गरेका हुन्।

भेटको क्रममा सामाजवाद प्रतिको ऐक्यवद्धता जाहेर गर्दै, नेपाली युवाहरुलाई सेनामा भर्ती गरी युद्वको अग्रमोर्चामा लगाउने र ज्यान जाने गरेको घटना वारे छलफल गर्दै रसियन कम्यूनिष्ट पार्टीले यो विषयमा अध्ययन गरी रसियन सरकारको ध्यानाकर्षण गराउन अनुरोध गरेको युवा संघका नेता नरेश लेखकले बताए।

महोत्सव आगामी मार्च १ देखि ८ तारिखसम्म रसियाको सोची सहरमा हुँदैछ। सो कार्यक्रममा सन्सार भरका वामपन्थी राजनीति दल निकट युवा नेताकार्यकर्ताहरु सहभागी भएका छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर