काठमाडौं । नेपालले त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी २० सिररिजको फाइनलमा नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्ने भएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालका कप्तान रोहितकुमार पौडेले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका हुन्।

नेपाल लिग चरणमा चार अंकका दोस्रो स्थानमा रहेर फाइनल प्रवेश गरेको हो। यता, पाँच अंक जोडेको नेदरल्यान्ड्स शीर्ष स्थानमा रहेर फाइनल पुग्यो।

लिग चरणका सुरुवाती दुई खेलमा नेपालले नामिबियासँग २० र नेदरल्यान्ड्सँग दुई रनको पराजय ब्यहोरेको थियो। पछिल्ला दुई खेलमा नेपालले नामिबियालाई तीन रन तथा नेदरल्यान्ड्समाथि ६ विकेटको जित निकाल्यो।

नेपालको प्लेईङ-११
रोहितकुमार पौडेल (कप्तान), आशिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, करण केसी, सोमपाल कामी, प्रतिश जिशी, आरिफ शेख र अभिनास बोहोरा।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर