साफ यू-१६ महिला च्याम्पियनसिपमा नेपालले भुटानलाई पराजित गरेको छ।
सोमबार एन्फा कमप्लेक्स सातदोवाटोमा भएको खेलमा नेपालले भुटानलाई ३-० गोल अन्तरले पराजित गरेको हो।
पहिलो खेलम बंगलादेशसँग पराजित भएको नेपालले भुटानमाथि जित निकाल्दै फाइनल खेल्ने सम्भावना पनि कायमै राखेको छ।
भुटान भने प्रतियोगिताबाट बाहिर भएको छ। अन्तिम खेलमा भुटानले बंगलादेशसँग खेल्दा नेपालले भारतसँग खेल्ने छ।
नेपालले आज भुटानलाई पराजित गर्दा तीन गोल नै पहिलो हाफमा गरेको थियो।
साफ यू १६ अन्तर्गत मंगलबार दिउँसो ३ बजे भारत र बंगलादेशबीच प्रतिस्पर्धा हुने छ। दुवै टिमले आफ्नो पहिलो खेलमा जित निकालेका थिए।
भारतले भुटानलाई र बंगलादेशले नेपाललाई पराजित गरेका हुन्।



