काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग ताजा राजनीतिक घटनाक्रमबारे छलफल गरेर प्रधानमन्त्री पुष्पकमल दाहाल शीतल निवासबाट फर्किएका छन्।
नयाँ गठबन्धनको सबै तयारी सकेपछि दाहालले राष्ट्रपतिसँग भेट्न समय मागेका थिए।
नेपाली कांग्रेससहितका दलहरुलाई नयाँ गठबन्धनबारे कुनै जानकारी नै नदिइ दाहालले एमालेसहितका दलहरुको गठबन्धन बनाएको एकिकृत समाजवादीले प्रतिक्रिया दिएको छ।
आफ्नै नेतृत्वमा सानो मन्त्री मण्डल गठन गर्ने अन्तिम तयारी गरेपछि दाहाल राष्ट्रपति भेट्न शीतल निवास पुगेका थिए।
नयाँ गठबन्धन बनेपछि प्रधानमन्त्री प्रचण्डले सोमबारै गठबन्धनमा सहभागी हुने दलहरू समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका छन्।



