काठमाडौं : नेकपा माओवादी केन्द्रले नयाँ समिकरण बनाउने भएकाे छ । स्राेतका अनुसार जसपा अध्यक्ष उपेन्द्र यादवको घरमा आइतबार भएकाे छलफलमा माओवादी, एमाले, जसपा, रास्वपासहितका दलकाे गठबन्धनकाे सहमति बनेकाे हाे ।

एमाले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेल, रास्वपा सभापति रवि लामिछाने, माओवादी उपमहासचिव बर्षमान पुन, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र यादव सहभागी ब‌ैठमा सहमति जुटेकाे स्राेतले बतायाे ।

साे सहमतिमा दायाँबायनँ नभए रास्वपा अध्यक्ष लामिछाने उपप्रधानसहित गृहमन्त्री बन्ने छन् भने उपेन्द्र यादव पनि उपप्रधानसहित महत्वपुर्ण मन्त्रालयकाे जिम्मेवारीमा आउनेछन् ।
प्रचण्ड प्रधानमन्त्रीमा निरन्तर रहनेछन् भने नेकपा एमालेले राष्ट्रिय सभा अध्यक्षको भाग पाउनेछ। यस्ताे अवस्थामा कांग्रेस सरकारबाट बाहिरिने र एमालेबाट मन्त्री बनाउने गृहकार्य छ । आइतबार बेलुकी कांग्रेस सभापति शेरबहादुर देउवाले मन्त्रीहरूलाई बाेलाएर सामुहिक राजीनामाका लागि तयार हुन भनिसकेका छन् भने परराष्ट्रमन्त्री एनपी साउदकाे भ्रमणसमेत राेकेका छन् ।

नयाँ गठबन्धन बनेमन इलाममा हुने उपनिर्वाचनमा एमालेले उमेदवार बनाउने विषय पनि करिब करिब टुंगिएकाे छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर