काठमाडौँ । त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक टी २० सिरिज अन्तर्गत समूह चरणको अनितम खेलमा नेदरल्यान्ड्सले र नामिबियाबीचको खेललाई बर्षाले प्रभाव पारेको छ।
नेदरल्यान्डसले टस जितेर पहिले बलिङ रोजेपछि नामिबियाले ब्याटिङ गरेको हो।
नामिबियाले १५ ओभरको समाप्तिमा बर्षाको कारण रोकिएको हो। जसमा नामिबियाले ४ विकेट गुमाएर ९८ रन बनाएको थियो।
समूह चरणका शीर्ष दुई टोलीबीच फागुन २२ मा फाइनल खेल हुनेछ।




