काठमाडौँ । युरोड टिम एनआरटीलाई पेनाल्टी सुटआउटमा हराउँदै दोस्रो संस्करण पनि मछिन्द्र एफसीले केपि ओली कपको उपाधि जितेको छ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला सम्पन्न फाइनल खेलमा मछिन्द्रले एनआरटीलाई पेनाल्टीमा ५-४ गोलले पराजित गर्यो। र एनआरटीका विवेक गुरुङले पेनाल्टीको अन्तिम बललाई गोलमा परिणत गर्न नसक्दा मछिन्द्रलाई प्रतियोगिताको लगातार दोस्रो पटक उपाधि जित्ने अवसर मिल्यो।
निर्धारित समयमा दुवै टोलिले गोल गर्न नसकेपछि खेलको निर्णय पेनाल्टीबाट लिइएको हो।
उपाधिसँगै मछिन्द्रले ११ लाख रुपैया प्राप्त गर्दा एनआरटिले ५ लाखमा चित्त बुझाएको छ।
पहिलो संस्करणको उपाधि पनि मछिन्द्रले जितेको थियो। फाइनलमा सातदोबाटो एफसिविरुद्ध पेनाल्टी सुटआउटमा जित निकाल्दै मछिन्द्रले उपाधि रक्षा गरेको थियो।
खेलको ११औँ मिनेटमा मछिन्द्रका स्टेफेन बिनोंङले डिबक्सभित्रबाट प्रहार गरेको सट एनआरटिका गोलकिपर अशोक थापाले बचाएका थिए।
५१औँ मिनेटमा एनआरटिका मिडफिल्डर सुदिप श्रेष्ठले डिबक्स बाहिरबाट मछिन्द्रका ३ खेलाडीलाई प्रहार गरेको बल पोष्टको केहि माथिबाट बाहिरिएको थियो।
७१औँ मिनेटमा एनआरटिका विवेक गुरुङले दिएको फ्रिकिकमार्फत दिएको क्रसलाई अभिसेक लिम्बुले गरेको सुन्दर हेडिङबल पोष्टको नजिकबाट बाहिरियो।
७५औँ मिनेटमा सेबे इभानको सट पोष्टको केहि माथिबाट बाहिरियो। उनलाई सुदिप श्रेष्ठले डिबक्सबाहिरबाट क्रस दिएका थिए।
८३औँ मिनेटमा मछिन्द्रका मिडफिल्डर लाकेन लिम्बुले डिबक्सभित्रबाट प्रहार गरेको बल पोष्टको छेउबाट बाहिरियो। शनिष श्रेष्ठले प्रहार गरेको बलको डिफ्लेक्सन सट लिम्बुले प्रहार गरेका थिए।
अन्तिम मिनेटमा एनआरटिले खेलमा अग्रता लिने मौका गुमायो। मिचेल गर्जुबाले मोहित गुरुङले क्रसमा गरेको हेडिङ मछिन्द्रका गोलकिपर विशाल शेष्ठको छेउमा बाउन्स भएर पोष्टको माथिबाट बाहिरियो।
इन्जुरि समयको अन्तिम मिनेटमा मछिन्द्रका शनिस श्रेष्ठले प्रहार गरेको कर्नर किकलाई एनआरटीका डिफेन्डर विवेक गुरुङले सुन्दर बचाउ गरे।




