काठमाडौं :  नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले राजनीति प्रणाली ठिक नभएसम्म अरु कुनै पनि कुरा ठिक हुन नसक्ने बताएका छन् ।  उनले राजनीतिक प्रणाली ठिक ठाउँमा पुर्याउनुपर्ने बताएका छन् ।

सरकारकाे आर्थिक नीतिमा केही कमिममजाेरी देखिएकाले  आर्थिक क्षेत्रमा समस्या देखिएकाे बताए । आज उद्याेग बाणिज्य संघ चितवनले आयाेजना गरेकाे अन्तरक्रिया कार्यक्रममा बाेल्दै नेता सिँहले उक्त कुरा बताएका छन् ।

अहिलेकाे असहज अवस्थामा उनले  आफ्नो ब्यवसायमा लाग्न उद्याेग व्यबसायीलाई  आग्रह गर्दै सरकार र पार्टीले अर्थतन्त्रकाे सुधारमा गम्भीरताका साथ कदम चाल्ने बताए ।  कार्यक्रममा सहभागी उद्याेगी व्यवसायीले काम गर्ने अवस्था नरहेकाे भन्दै चिन्ता ब्यक्त गरे । उनले  अहिले  देखिएका जटिलता सुधार गरेर आर्थिक क्षेत्र चलायमान बनाउन आफुहरु लाग्ने पनि  बताए ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको