काठमाडौँ । पुरुष विश्वकप छनोट फुटबल अन्तर्गत दोस्रो चरणमा बहाराइनविरुद्धको खेलका लागि नेपाली प्रारम्भिक टोलीको घोषणा भएकाे छ।

प्रशिक्षक भिन्सेन्जो अल्वेर्टो एनेसले बहराइनसँग चैत ८ गते हुने खेलको लागि शुक्रबार ३३ खेलाडी प्रशिक्षणमा बोलाएका हुन्।

प्रारम्भिक टोली
गोलरक्षक : अभिषेक बराल, विशाल सुनार, दीप कार्की र किरण चेम्जोङ
डिफेन्डर : अजय चौधरी, अनन्त तामाङ, अञ्जल महर्जन, विमल पाण्डे, विशाल बस्नेत, छिरिङ लामा, दीपेन्द्र बीके, रोहित चन्द, सनिष श्रेष्ठ, सुमित श्रेष्ठ र योगेश गुरुङ
मिडफिल्डर : एरिक बिष्ट, विकाल तामाङ, कृतिषरत्न छुन्जु, लाकेन लिम्बु, मनिकुमार लामा, मनिष डाँगी, रोहन कार्की, सन्तोष खत्री, सुरज ठकुरी र उत्सव राई
स्ट्राइकर : अञ्जन बिष्ट, आयुष घलान, दिनेश हेन्जन, गिलेस्पी जंग कार्की, हिसुब थपलिया, राजेश परियार, समिर तामाङ र सञ्जिव बिष्ट रहेका छन्।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर