वेष्ट एसियन फुटबल महासंघ (वाफ) वुमन्स च्याम्पियनसिपको उपविजेता टोली नेपाल आज (शुक्रबार) राति स्वदेश फर्कदैछ ।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अनुसार नेपाली खेलाडी राति ८ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तालिका छ।

नेपाल गएराति साउदी अरेबियाको जेदाहस्थित प्रिन्स भएको फाइनलमा नेपाल जाेर्डनसँग पेनाल्टी सुटआउटमा ५-३ ले पराजित भएको थियो। पराजित भएसँगै नेपालले पहिलो अन्तर्राष्ट्रिय जित्नबाट बञ्चित भएको छ। अन्तर्राष्ट्रिय प्रतियोगिताको फाइनलमा नेपालको यो ११औं हार हो ।

निर्धारित समयमा दुवै टोलीबाट २-२ को बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो ।

पेनाल्टीमा नेपालका लागि गीता राना, दीपा शाही र हीराकुमारी भुजेलले गोल गरे। अमृता जैसीको प्रहारलाई जोर्डनकी गोलकिपर शरिन अल सलाबेले बचाइन्। जोर्डनका लागि आयाह अल मजाली, मेइसा जब्राह, नुर जोक्वास, सारा अबु सबा र रोजबाहान फरिजले गोल गरे।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर