काठमाडौँ । वेस्ट एसियन फुटबल महासंघको आयोजनामा जारी (वाफ) वुमन्स च्याम्पियनसिपको फाइनल खेलमा जोर्डनविरुद्ध पहिलो हाफमा नेपालले १-० को अग्रता बनाएको छ।
खेलको २९औँ मिनेटमा नेपालका लागि सविता राना मगरले गोल गरेकी हुन्। उनले डिबक्स नजिकै बाट गरेको शक्तिशाली प्रहार जोर्डनकी गोलरक्षकले बचाउन सकिनन्।
नेपाल र जोर्डन यस प्रतियोगिताका दुई अपराजित टोली हुन्। साविक विजेता समेत रहेको जोर्डन वाफको ५ पटकको च्याम्पियन हो। नेपालले पहिलो पटक यो प्रतियोगितामा सहभागिता जनाएको छ।

