ताैलिहवा : नेपाली कांग्रेस कपिलवस्तु क्षेत्र नम्बर ३ मा महासमिति सदस्य छनाैटकाे विषय विवादित बनेकाे छ । विधि विपरित महासमिति सदस्य चयन गरिएकाे भन्दै केन्द्रीय कार्यालय सानेपामा उजुरी परेकाे छ ।

आधा दर्जन महाधिवेशन प्रतिनिधिले महासमातिका लागि पुननिर्वाचनकाे माग गरेका छन् । १४ ओै महाधिवेशनका प्रतिनिधिसँग सल्लाह नै नगरि , बैठकनै नबाेलाई केन्द्रीय सदस्य रूपा विककाे उपस्थितिमा क्षेत्रीय सभापति ब्रह्मानन्द उपाध्याय, महाधिवेशन प्रतिनिधि विरेन्द्र कनाैडियालगायतले एकपक्षीय रूपमा महासमिति प्रतिनिधि छनाैट गरेकाे कुरा जानकारीा आएकाे भन्दै उनीहरूले साे कार्य पार्टीको विधान विपरित रहेकाे दाबी गरेका छन् ।
त्यस्तै दलित काेटाबाट महाधिवेशन प्रतिनिधि र केन्द्रीय सदस्य बनेकी बिकले अहिले खुला महिला क्लस्टरमा आफूलाई विधान विपरित सिफारिस गरेकाे पनि निवेदनमा उल्लेख छ । महासमिति छना‌ैट प्रक्रिया अलाेकतान्त्रिक, विधान विपरित र जनताकाे भावना विपरित भन्दै अहिलेकाे सिफारिस कार्यान्वयन नगरि पूर्ण सहमति वा निर्वाचनकाे माध्यमबाट महासमिति सदस्य छनाैटकाे व्यवस्था मिलाइदिन माग गरिएकाे छ ।

यसरी माग गर्नेमा महाधिवेशन प्रतिनिधि अभिषेकप्रताप शाह, कमलबहादुर क्षेत्री, सुशीला बेल्वासे,गाेमादेवी पाण्डे, न‌ैनकला रेग्मी, प्यारमाेहमत मियालगायत छन् । साथै उनीहरूले क्षेत्रीय सभापति उपाध्यायले टिकट वितरणमा आकांक्षीहरूसँग पैसा लिएकाे भन्दै आवश्यक परे प्रमाण पेश गर्ने पनि जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर