काठमाडौं । आइसिसी टी-२० विश्वकपको एसिया छनोट आज (सोमबार)देखि काठमाडौंमा सुरु हुँदै छ।
आजबाट हुन लतगेकाे प्रतियोगिता कार्तिक १९ सम्म मुलपानी र टियु क्रिकेट मैदानमा चल्नेछ ।
नेपाल, मलेसिया, सिंगापुर र ओमान समूह ए मा छन्। समूह बी मा हङकङ, कुवेत, युएई र बहराइन छन्।
प्रतियोगिताको पहिलो खेलमा नेपालले बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिंगापुरविरुद्ध खेल्ने छ। भने सोहि समयमा मुलपानी क्रिकेट मैदानमा यूएईले बहराइनसँग खेल्नेछ।
यस्तै दिनको तेस्रो खेलमा ओमानले मलेसियाको सामना गर्नेछ। यो खेल त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा एक बजेबाट सुरु हुनेछ। यस्तै दिनको अन्तिम खेलमा सोहि समय हङकङले कुवेतसँग खेल्नेछ।
यस प्रतियाेगितामा आयोजक नेपालसहित कुल ८ टोलीको सहभागिता रहेको छ।



