काठमाडौं : राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपति रामचन्द्र पाैडेलले तत्काल राजीनामा दिनुपर्ने बताएका छन् । राष्ट्रपति भइसकेपछि पनि पाैडेलले पार्टी राजनीतिमा संलग्न भएकाे भन्दै थापाले पाैडेलमाथि नैतिक प्रश्न समेत उठाएका छन् ।

थापाले ट्विट गर्दै भनेका छन्, `कोसी प्रदेशमा मूख्यमन्त्री छान्ने प्रक्रियामा गठवन्धनको पक्षमा राष्ट्रपति रामचन्द्र पौडेलको सक्रियताले नेपालमा राष्ट्रपति सबैको साझा हुनसक्दैन भन्ने फेरि प्रमाणित भएको छ।पार्टी राजनीतिमा संलग्न पौडेललाई पदमा बस्ने नैतिकता छैन।तत्काल राजीनामा दिन रामचन्द्र पौडेललाई आग्रह गर्दछु।´ काेशी प्रदेश सरकार गठनकाे विषयमा पाैडेलले कांग्रेस नेता शेखर काेइरालालाई फाेन गरेर उमेदवार फिर्ता गर्न आग्रह गरेकाे विषय बाहिरिएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर