काठमाडौं : स्वतन्त्र विद्यार्थी युनियन केन्द्रीय क्याम्पसकाे ११ दिन लामाे आन्दोलनपछि केन्द्रीय पुस्तकालय अब २४सै घण्टा खुला हुने भएकाे छ । त्रिवि केन्द्रीय क्याम्पसका स्ववियु सभापित श्यामराज ओझाका नेतृत्वमा विश्वविद्यालयकाे पुस्तकालय २४सै घण्टा खुल्नुपर्ने मागसहित विद्यार्थीहरू आन्दोलित भएका थिए ।

आन्दोलनकाे ११ ओै दिनमा सहमति भएकाे सभापति ओझाले बताए । ` हाम्राे आन्दोलन निष्कर्षमा पुगेकाे छ । याे क्रममा साथ दिने सबैप्रति आभार व्यक्त गर्दछु ,´ सभापति ओझाले भने । अब विश्वविद्यालयमा पढ्ने विद्यार्थीहरूले २४ सै घण्टा पुस्तकालयकाे उपयाेग गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर