काठमाडौं, १५ असोज । सहकर्मी महिलामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) योगबहादुर पालले राजीनामा दिएका छन् । उनले शनिबार राजीनामा बुझाएका थिए ।

राजीनामा स्वीकृतिका लागि गृहमन्त्रालयमा पठाइएको प्रहरी केन्द्रीय प्रवक्ता कुबेर कडायतले बताए । पालले सहकर्मी महिला हवल्दारलाई यौन दुर्व्यवहार गरेको उजुरी परेपछि प्रहरी प्रधान कार्यालयको आन्तरिक छानबिन समिति बनाएको थियो ।

समितिले एसएसपी पाललाई दोषी ठहर गर्दै बर्खास्त गर्न सिफारिस गरेपछि उनले राजीनामा दिएको प्रहरीले स्रोतले बतायो । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा रहँदा बिदा माग्न गएकी महिला हवल्दारलाई यौन दुर्व्यवहार गरेका थिए ।

उक्त घटना बाहिर आएलगतै उनलाई गृह मन्त्रालयले निलम्बन समेत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको