
काठमाडौं : नेविसंघ पुल्चोक इञ्जिनियरिङ क्याम्पसका अध्यक्ष सुलभ चापागाईंले ९ दिनपछि आमरण अनसन ताेडेका छन् । संघका अध्यक्ष दुजाङ शेर्पाले मध्यरातमा जुस खुवाएर उनलाई वीर अस्पतालमा अनसन ताेडाएका हुन् ।
https://youtu.be/m9pffE6m7Tc?si=alClmH0wFdw57Osk
इञ्जिनियरिङ शिक्षामा अस्वभाविक रूपमा शुल्क वृद्धि गरिएकाे भन्दै फिर्ता लिन माग गर्दै चापागाईं ९ दिनअघिबाट अनसनमा थिए । नेविसंघ पनि शुल्कवृद्दि फिर्ताकाे माग गर्दै आन्दोलनमा थियाे । आजै विश्वविद्यालय आन्दाेलनरत पक्षकाे मागमा सहमत भएकाे थियाे । यससँगै शुल्कवृद्दि फिर्ताकाे माग गर्दै जारी आन्दाेलन पनि सकिएकाे छ ।
यस्ताे भयाे सहमति