काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्री माेहन बहादुर बस्नेतले फार्मेसी अनुगमन तिव्र पारेका छन् । स्वास्थ्यसँग सम्बन्धित अत्यन्त महत्वपूर्ण विषय ओैषधीका बद्मासी गरेकाे थाहा पाएपछि बस्नेत आफै अनुगमनमा निस्किएका हुन् ।

साेमबार १०१ फार्मेसीमा छापा मारिएकाे मन्त्रालयले जनाएकाेे छ । सने क्रममा ७ बन्द र ४ मा शिलबन्दी गरिएकाे छ ।`स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत ज्युको निर्देशन बमोजिम स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वय स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, ७७ वटै जिल्ला प्रशासन कार्यालयहरु, लागु औषध व्युरो, नेपाल प्रहरी लगायतको सहकार्यमा देशभरका केही फार्मेसीहरुमा अनुगमन तथा निरीक्षण कार्य सम्पन्न भएको छ,´ मन्त्रालयले भनेकाे छ, `उक्त कार्य अन्तर्गत सम्बन्धित विज्ञहरु सम्मीलित २० समुहले काठमाडौं, भक्तपुर र ललितपुरका १०१ वटा फार्मेसीहरुमा अनुगमन तथा निरीक्षण सम्पन्न गरेका छन् भने माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहन बहादुर बस्नेत ज्यु स्वयं पनि ३ वटा फार्मेसीमा अनुगमन तथा निरीक्षणका लागि पुग्नुभएको थियो ।´

निरीक्षणका क्रममा निम्नलिखित मुख्य कैफियतहरु भेटीएकाे छ ।
१) लाईसेन्स प्राप्त फार्मेसिष्ट भन्दा बढी फार्मेसी रहेको/
फार्मेसिष्ट अनुपस्थित
२) दर्ता नगरीएका तथा नविकरण नगरीएका फार्मेसीहरु
३) खाध्य पुरक सामाग्रीहरुको विक्री वितरण
४) म्याद नाघेका औषधीहरुको उचित व्यवस्थापन नभएको
५) डाक्टरको प्रेस्किप्सन बिना औषधी विक्री वितरण
६) दर्ता नभएका औषधीको संचय
७) फिजिसियन स्याम्पलको संचय
८) कोल्ड चेनको राम्रो व्यवस्था नभएको
९) बिलिङ सिस्टम व्यवस्थित नभएको
१०) सरसफाई र स्पेस उचित (पानी चुहिने, सानो) नभएको
११) पुर्नजलिय झोलहरुमा गलत लेबलिङ पाईएको
१२) लागू तथा मनोद्विपक औषधीहरुको रेकर्ड उपयुक्त
ढंगले नगरिएको पाईएको छ ।

उक्त अनुगमन तथा निरीक्षणमा एउटा फार्मेसी नियम संबत् रुपमा संचालन भएकोले त्यस फार्मेसीलाई प्रशंसा पत्र सहित पुरस्कृत गर्ने प्रक्रिया अगाडि बढाईएको छ भने एउटा फार्मेसीलाई स्थलगत निरीक्षणका क्रममै रु. ५०००/- जरिवाना गरिएको छ । त्यस्तै, ७ वटा फार्मेसी बन्द गरिएको जसमध्ये ४ वटालाई शिलबन्दी गरिएको छ। साथै, नियम संबत् संचालन नभएका अन्य फार्मेसीहरुलाई औषधि व्यवस्था विभागमा ३ देखि ७ दिनभित्रमा आवश्यक विवरण सहित अनिवार्य उपस्थित हुन लिखित निर्देशन दिईएको छ । त्यस्तै, अनुगमन तथा निरीक्षण प्रक्रिया निरन्तर जारी रहने र नियम संबत् फार्मेसी संचालन नभएको पाईएमा नियमानुसार कारबाही गरिने किसिमको जानकारी सम्बन्धित निकायहरूबाट प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको