काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीको अधिवेशनमा एउटा तहमा पराजित हुनेहरुलाई माथिल्लो तहमा मनोनित नगर्ने व्यवस्था गर्न प्रस्ताव गरेका छन् । केन्द्रीय समितिको जारी बैठकमा महामन्त्री शर्माले पर्टीको अधिवेशनमा एउटा तहमा पराजीतलाई सोही कार्यकालमा माथिल्लो तहमा मनोनित नगर्न प्रस्ताव गरेका हुन् ।
क्षेत्रीय सभापतिमा पराजित लक्ष्मी खतिवडा केन्द्रीय सदस्य मनोनित भएकी छन् । उनले केही दिन अघि सभापतिको बचाउ गर्दै महामन्त्रीको विकल्प खोज्नुपर्ने हुनसक्छ भनेकी थिइन् । आजको बैठकमा महामन्त्री शर्माले तल्लो तहमा पराजित माथिल्लो तहमा मनोनित हुँदा त्यसले राम्रो नगर्ने बताए । शर्माले वृहत युवा उद्यमशिलता अभियान शुरु गर्ने, प्र्रदेश कार्यसमितिमार्फत प्रदेश भातृ संस्था गठन गर्ने, पार्टीको कुनै पनि तह भातृ संस्थाले माग राख्दा अनुशासित हुनुपर्ने, विदेशमा रहेको नेपालीलाई मतदानको अधिकार, सिप र पुँजी नेपालसँग जोड्का लागि जनसम्पर्क समितिको सञ्जाल बनाउने र ७५३ गाउँ पालिका ग्राम सेवा दल अभियान चलाउने उनको प्रस्ताव छ ।