काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब एक क्विन्टल हाराहारीमा सुन बरामद भएको छ । हङकङबाट ल्याइएको अवैध सुन राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको हाे । यसरी एकै पटक यती धेरै परिणाममा सुन बरामद गरिएकाे पहिलाे पटक हाे ।
‘क्याथे प्यासिफिकको प्लाइटमार्फत आएको उक्त सुन करिब ८० देखि १०० किलोको हाराहारीमा रहेको विभागकाे अनुमान छ । सुन कसकाे हाे भन्नेबारेमा अनुसन्धान जारी छ ।
५ वर्षमा कहिले कती बरामद ?
प्रहरी प्रधान कार्यालय, नक्सालको तथ्यांक अनुसार
आर्थिक वर्ष २०७४/७५ – २०० किलो सुन बरामद आव २०७५/७६ – ५१,
आव २०७६/७७ – ३०,
आव २०७७/७८ – ३२,
आव २०७८/७९ मा २३
आव २०७९/८० को फागुनसम्ममा ५ किलो गरी ५ वर्षमा जम्मा १४१ किलो सुन बरामद



