काठमाडौं : संविधानविद् डा. भीमार्जुन आचार्यले  सभामुखकै संलग्नतामा सरकार गठनकाे परिकल्पना नगरिएकाे बताएका छन् । कोशी प्रदेशमा सभामुखसमेतलाई गणना गरी उद्धव थापा मुख्यमन्त्रीमा नियुक्त भएपछि उनले यस्ताे टिप्पणी गरेका हुन् ।

एमालेको विरोधका बाबजुद प्रदेश प्रमुख परशुराम खापुङले बिहीबार कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

थापाको पक्षमा बहुमत जुटाउन माओवादी केन्द्रको सांसदमा सभामुख बाबुराम गौतमसमेतलाई गणना गरिएको छ । तर, सभामुखको भूमिका तटस्थ रहने भन्दै एमालेले सभामुखलाई सरकार गठनको लागि बहुमत पुर्‍याने गरी गणना गर्न नहुने बताउँदै आएको छ ।

संविधानविद् डा. भीमार्जुन आचार्यले सभामुखकै संलग्नतामा सरकार गठनको परिकल्पना नगरेको टिप्पणी गरेका छन् । ‘सभामुखकै संलग्नतामा सरकार गठनको परिकल्पना संविधानले गरेको छैन । यस्तो कार्य असंसदीय र असंवैधानिक छ,’ आचार्यले ट्विटरमा लेखेका छन्, ‘सभामुखको पद राजनीतिक रूपमा तटस्थ मानिन्छ ।’

आचार्यले कोशी प्रदेशमा सभामुखलाईसमेत गणना गरी बहुमत जुटाउने कार्य संसदको अपहेलनाजन्य कार्य भएको पनि टिप्पणी गरेका छन्

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको