काठमाडौं : नेपाल ट्रेड युनियन कांग्रेसको ७ औं राष्ट्रिय महाधिवेशन आज उद्घाटन हुँदैछ । अधिवेशनमा संस्थापन र संस्थापनइतरसमूह भने प्यानलनै घोषणा गर्ने तयारीमा जुटेका छन् । दुवै समूहले आजै प्यानल घोषणा गर्ने बताएका छन् ।

०७५ जेठमा छैटौं महाधिवेशन भएको थियो । जसमा संस्थापनसमूहका उम्मेदवार खिलानाथ दाहाललाई पराजित गर्दै पुस्कर आचार्य निर्वाचित भएका थिए । दाहाल पूर्वअध्यक्षसमेत हुन् । यसपटक पनि नेतृत्वका लागि संस्थापन र संस्थापनइतर समूह प्यानलसहित मैदानमा उत्रने तयारीमा छन् ।

संस्थापनसमूहबाट यी हुन् दाबेदार

संस्थापनसमूहबाट अध्यक्षमा दुई जना दाबेदार देखिएका छन् । अध्यक्षमा अहिले यो समूहभित्र खिलानाथ दाहाल र योगेन्द्र कुँवरको नाम चर्चामा छ । कुँवर हाल महासचिव छन् । दुई मध्ये को उम्मेदवार हुने आजै टुंगिने बताइएको छ । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा अयोध्य यादव र ध्रुवचन्द्र गौतमको नाम चर्चामा छ । खुला दुई उपाध्यक्षका लागि ऋषभदेव घिमिरे, बमबहादुर जिसि, गणेश निरौला आकांक्षी देखिएका छन् भने भने महासचिवमा डिपि अर्यालको नाम चर्चामा छ ।

संस्थापनइतर समूहबाट यी हुन् दाबेदार
यो समूहले अध्यक्षमा अहिलेकै अध्यक्ष पुस्कर आचार्यलाई नै अघि सार्ने सम्भावना बलियो देखिन्छ । अध्यक्षमा महेन्द्र यादवको पनि चर्चा छ । त्यस्तै, वरिष्ठ उपाध्यक्षमा तेजेन्द्र कार्की र अजय राई, महासचिवमा सञ्जय दाहाल र गणेश केसीको नाम चर्चामा छ ।

दुवै समुहले आजै प्यानल सार्वजनिक गर्ने तयारी गरिररहेका छन् । संस्थापनइतर समुह यसअघिको जित जोगाउने दाउमा छ भने संस्थापनसमूह यसपटक संस्थापनइतरसमूहलाई पराजित गरेरै छाड्ने गृहकार्यमा छ ।

 

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको