काठमाडौं : सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपाल (सिडेन)को महासचिवमा मेली शाहले उम्मेदवारी दर्ता गराएकी छन् । यही जेठ १३ हुन लागेको सिडेनको सातौं केन्द्रिय कार्यकारिणी समितिको निर्वाचनमा शाहले महासचिवमा दाबेदारी प्रस्तुत गरेकी हुन् । सिडेनको इतिहासमा महिला इञ्जिनियरले महासचिवमा उम्मेदवारी दिएको यो पहिलोपटक हो ।

पेशाले आर्किटेक्ट इञ्जिनियर शाह नेविसंघकी पूर्व केन्दी्रय सदस्य समेत हुन् । डोल्पा स्थायी घर भएकी शाह एनएसयू टेक फेस्टकी संस्थापक हुन् भने बिजनेश एण्ड प्रोफेसनल वुमनकी कार्यकारी सदस्य हुन् ।

सिडेन नेपाली कांग्रेस निकट इञ्जिनियरहरुको संस्था हो । ‘अहिले देशभरका अग्रज र साथीहरुको राम्रो प्रतिक्रिया पाइरहेको छु । उहाँहरुले मप्रति देखाएको विश्वास र भरोसा टुट्न दिने छैन, महासचिवको उम्मेदवार शाहले भनिन्, ‘७औं महाधिवेशनले सिडेनमा पहिलो पटक महिला महासचिव बनाएर इतिहास रच्नेमा म विश्वस्त छु ।’ नेपाल इञ्जिनियरिङ कलेजबाट अध्ययन पूरा गरेकी शाह शालिन र क्षमतावान् नेतृका रुपमा परिचित छिन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको