काठमाडौं : वीर अस्पताल कर्मचारी युनियनले न्याम्स पदाधिकारी नियुक्ति गर्न माग गरेको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान कर्मचारी  युनियन वीर अस्पतालले गत फागुन ३० गते देखि रिक्त न्याम्स पदाधिकारी तत्काल नियुक्त गर्न प्रधानमन्त्री एव प्रतिष्ठानका कुलपति र सहकुलपति एव स्वास्थ्य तथा जनसंख्या मन्त्री समक्ष माग गरेको हाे ।

पदाधिकारी रिक्त हुदा प्रतिष्ठानमा शैक्षिक ,आर्थिक र प्रशासनिक काम ठप्प रहेको छ युनियनले पदाधिकारी नियुक्ति गर्दा प्रतिष्ठान / वीर अस्पतालमै कार्यरत बरिस्ठ प्राध्यापक मध्ये बाट नियुक्ति गर्नु पर्ने तथा पदाधिकारी नियुक्ति मा प्रतिष्ठान सेवा तर्फबाट कम्तिमा ५०% पदाधिकारी नियुक्ति गर्नु पर्ने माग गरेको छ । युनियनका सचिव दिपक मुडभरिले पदाधिकारी तत्काल नियुक्ति गर्न र पदाधिकारी नियुक्ति गर्दा वीर अस्पताल भित्रै बाट बरिस्ठ प्राध्यापक मध्यबाट नियुक्ति गर्नु पर्ने माग गरेको छ ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको