काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीभित्र अति भएकाे बताएका छन् । यसअघि धेरै कुरामा आफूलाई सम्हालेकाे बताउँदै थापाले अब भने अती भइसकेकाे बताएका हुन् ।

`कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ, तर हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ। त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडे, साथीहरूलाई सम्झाएँ तर अब त अति भयो !´ थापाले ट्विटरमा लेखेका छन् । महामन्त्री थापा र विश्वप्रकाश शर्माले नेता प्रदिप पाैडेललाई मन्त्री बनाउन चाहेपनि नसकेपछि त्यसकाे प्रतिक्रियाका रूपमा कतिपयले थापाकाे ट्विटलाई हेरेका छन् । आजै पार्टीको भागमा बाँकी रहेकाे १ मन्त्रालयमा सुरेन्द्र आचार्यलाई पठाइएकाे थियाे ।

थापाले अति भएकाे बताएपनि अब के भन्ने विषयमा भने बाेलेका छैनन् । कतिपयले साे ट्विट निराशाकाे अभिव्यक्तिका रूपमा हेरेका छन् भने थापा निकटस्थ अब चुप नबस्ने संकेत भएकाे बताउँछन् ।

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


यो साता धेरै पढिएको