काठमाडौं : संविधानविद् भीमार्जुन आचार्यले नक्कली शरणार्थी प्रकरण निकै नै गम्भीर कसूर र राष्ट्रिय लज्जाको पनि विषय भएकाे बताएका छन् । देश कसरी र कस्ताबाट संचालित छ भन्ने पनि याे प्रकरणले उजागर गरेकाे उनकाे भनाई छ । शक्तिशालीहरू प्रति अनुसन्धान उदासीन हुन सक्ने। भन्दै उनले खबरदारीका लागि अपिल पनि गरेका छन् । `नक्कली शरणार्थी प्रकरण निकै नै गम्भीर कसूर र राष्ट्रिय लज्जाको पनि विषय हो । देश कसरी र कस्ताबाट संचालित छ, यसले यसपटक राम्रैसंग उजागार गर्यो । शक्तिशालीहरू प्रति अनुसन्धान उदासीन हुन सक्छ। खबरदारी गरौं ´, आचार्यले ट्विटमार्फत भनेका छन् ।
अहिले नक्कली शरणार्थी बनाई अमेरिका पठाइदिने भन्दै अनियमितताकाे विषय उजागर भएकाे छ । जसमा एमाले सचिव टाेपबहादुर रायमाझीकाे समेत संलग्नताकाे दाबा गरिएकाे छ । उनका छाेरा अनुसन्धान लागि प्रहरी हिरासतमा छन् । पूर्व गृहसचिव टेकनारायण पाण्डे पनि पक्राउ परेका छन् । याे प्रकरणमा पूर्व गृहमन्त्री रामबहादुर थापा , उनका छाेरा र सल्लाहकार इन्द्रजित राईमाथि पनि आराेप छ । राई पनि पक्राउ परिसकेका छन् , रायमाझीकाे भने प्रहरीले खाेजी गरिरहेकाे छ ।