
काठमाडौं । नवनियुक्त कानुन मन्त्री धनराज गुरुङले आफूले न्याय प्रणालीलाई छिटो छरितो बनाउने प्रतिबद्धता जनाएका छन् । उनले न्याय ढिलाे हुने अवस्था अन्त्यका लागि पनि काम गर्ने बताए ।
‘न्याय ढिलो हुने गरेको भन्ने छ, त्यसको अन्त्यका लागि मैले काम गर्छु ,´मन्त्रालयमा पदभार ग्रहण गरेलगत्तै उनले भने ।
मन्त्री गुरुङले आफूले सुशासनलाई प्राथमिकता दिएर काम गर्ने पनि बताए । बुधबार मन्त्री नियुक्त भएका गुरुङले बिहीबार शपथ लिए लगत्तै मन्त्रालयमा गएर पदभार ग्रहण गरेका हुन् ।स्वतन्त्र न्यायपालिका लोकतन्त्रको मेरुदण्ड भएको भन्दै उनले आफू स्वतन्त्र न्यायलयप्रति प्रतिबद्ध रहेको बताए ।